• Home »
  • Breaking News »
  • यस्तो छ ‘ए मेरो हजुर ३’ को शिर्ष गीत
यस्तो छ ‘ए मेरो हजुर ३’ को शिर्ष गीत

यस्तो छ ‘ए मेरो हजुर ३’ को शिर्ष गीत

काठमाडौं– शुक्रबार अर्थात भोलीबाट प्रदर्शनमा आउने फिल्म ‘ए मेरो हजुर ३’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । निर्माण युनिटले सार्वजनिक प्रदर्शनको एक दिन अगाडि अर्थात बिहिबार गीत रिलिज गरेको हो ।

गीतमा प्रताप दासको स्वर, प्रतिक पौडेलको शब्द, प्रतिक पौडेल र पुष्पन प्रधानको संगीत रहेको छ । गीतले चलचित्रका मुख्य दुई पात्र अभिनेता अनमोल केसी र अभिनेत्रीको सुहाना थापाको भूमिका खुलाएको छ ।
गीतमा गायक बनेका अनमोलले कन्सर्टमा गीत गाउँदा उनको फ्यान बनेकी सुहाना उत्साहित भएको देखाइएको छ । सञ्जय लामाको छायाँकन रहेको यो चलचित्रमा दिर्घ खड्काको सम्पादन, हिमाल केसीको एक्सन रहेको चलचित्रमा कविराज गहतराज, रामजी लामिछाने, प्रविण सिंह र राहुल शाहको कोरियोग्राफी छ ।

झरना थापाले निर्देशन गरेको गरेको यो फिल्मको बिहिबार साँझ प्रिमियर हँदैछ । प्रिमियरमा पत्रकार तथा कलाकार निम्त्याइएको निर्माण युनिटले जनाएको छ ।

source from ; rato pati
Share